राप्रपाले काठमाडौँमा ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । २०६२-६३ को जनआन्दोलनअघि हरेक वर्ष पुस २७ मा राष्ट्रिय स्तरमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो । जनआन्दोलन पछि भने निजी स्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन् ।
पृथ्वीजयन्तीको अवसरमा गरिने जलपानको निम्तो गर्दै राप्रपा अधक्ष राजेन्द्र लिङ्देनले लेखेका छन्, 'राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०१औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछु' ।
राप्रपाले पृथ्वीजयन्ति^ तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७मा सार्वजनिक विदाको माग गर्दै आएको छ ।