बेलबारी। भानु स्कुल परिसर संगै जोडिएको १ कठ्ठा ५ धुर जग्गा स्कुलले खरिद गरेको छ। स्कुलले खरिद गर्न देउसी भैलो-२०७९ कार्यक्रमबाट बचत भएको रकममा अपुग रकम थप गरेर ३ लाख नगद बनाएर जग्गामा लगानी गरिएको छ भने बाकी रकम ७ लाख ३० हजार रुपैयाँ सहयोगी दाता हरु संग संकलन गरि जग्गा खरिद गरेको छ।
जागा खरिद गर्न का लागि बेलबारी-१का लक्ष्मी राई(संस्थापक गुठियार) नगद १ लाख त्यसै गरि भानु स्कुल S.L.C batch-2058 का पुर्व बिद्यार्थीहरु बाट सहयोगार्थ जम्मा नगद रु:- ६,३०,०००सहयोगी ब्यक्तिहरु अनुप पराजुली, बेलबारी-४ (एलायन्स सल्लाहकार)अमेन्द्र श्रेष्ठ, खोर्साने (एलायन्स सल्लाहकार)धिरज चौधरी, बिराटनगर (एलायन्स सल्लाहकार)दिनुप पराजुली, बेलबारी-४ (एलायन्स का प्रमुख सल्लाहकार)सुशील कटुवाल , बेलबारी-१ (एलायन्स अध्यक्ष) रहेका छन्।
यो सबै कार्य सम्पन्न गर्नको निम्ति भानु मेमोरियल स्टुडेन्ट एलायन्सले मुख्य सहजकर्ताको रुपमा भुमिका निर्वाह गरेको छ भने जग्गा पास खर्च भानु मेमोरियल स्टुडेन्ट एलायन्सका प्रमुख सल्लाहकार दिनुप पराजुलीद्वारा गरिएको छ र खरिद गरिएको जग्गा लाई खेलमैदान मा परिणत गर्न र तारजालीको सम्पुर्ण खर्च भानु मेमोरियल स्टुडेन्ट एलायन्सद्वारा गरिएको छ |