विराटनगर। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङ जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३० मिनेट पछी मात्रै मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिनुभयो ।मतगणना मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको मतदान केन्द्रमा सुरु भएको हो । तीमध्ये हाल मोरङ क्षेत्र ६ क  वाट मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणनासँगसँगै गरिने भएको छ।सुरुमा सुन्दरहरैचा ६ को ज्योति मा।वि मतदानस्थलको चार बाकस खोलिने भएको छ । वडा अनुसार मतगणना गरिने भएको छ ।