मुस्ताङ ।सत्ता गठबन्धन दल नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यमा एक सिट जित्दै आफ्नो खाता खोलेको छ ।
जसमा मुस्ताङका योगेश गौचन थकाली रहेका छन् । २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्।