मोरङ,२८ कात्तिक । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानगर्ने भएको छ।
सोमबार प्रेस विज्ञप्ति मार्फत बुद्धले आगामी जनवरीबाट पहिलो अन्तराष्ट्यि उडान पोखरा–बनारस–पोखरा गर्ने जानकारी गराएकोछ । निर्माणाधिन पोखरा अन्तराष्ट्यि विमान स्थल सञ्चालनको लागि अन्तिम तयारीमा रहेको आगामी जनवरी १ ९पुस १७ मा उद्घाटन गर्ने सरकारको तयारी रहेको छ।
विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्य प्रगती अनुसार सन् २०२३ जनवरी महिनाबाटै अन्तर्राष्ट्रिय उडान सुरू गर्ने योजनाभएको हुँदा बुद्धले पहिलो उडान गर्ने विज्ञप्तिमा जनाएको छ ।
बुद्धले प्रत्यक दिन २ उडान पोखरा - दिल्लि - पोखरा र हप्ताको ३ दिन आइतबार, मंगलबार, बिहीबार पोखरा-देहरादुन -पोखरा उडानगर्ने योजना बनाएको छ।