चन्द्र पौडेल बेलबारि । युवा नेतृत्व समाज बेलबारी-७ द्वारा आयोजना गरेको "सामाजिक विकास हाम्रो योगदान" अन्तर्गत शनिबार बेलबारी नगरप्रमुखको दिल प्रसाद राईको प्रमुख आतिथ्यमा बाहुनी बजारको चोकमा डाईरेक्सन बोर्ड राखेर राष्ट्रिय झण्डा फहराएको छ ।
पृष्ठभूमीमा “रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो, जिउदो रगत सरी यो बल्दो यो शान हाम्रो” गीत बज्दै थियो । गीतले नै आङ सिरिङ्ग बनाएको थियो । गीतसँगै रातो चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डा शानको साथ फहराउने तयारीमा थियो ।
झण्डा खुलेर फहराएको हेर्न सबै आतुर देखिन्थे । सबैका क्यामेरा र मोबाइल झण्डातिरै तेर्सिएका थिए । सबैलाई आँखै अगाडिको त्यो दृश्य कैद गर्नु थियो । कोही भिडियो खिच्न तयार थिए त कोही फोटो । कोही नाङ्गो आँखामा त्यो दृश्य कैद गर्न खोज्दै थिए । नेपालको राष्ट्रिय झण्डा शानका साथ फहराउन थालेको छ । हिजोका दिन सम्म यो बाटो कहाँ जान्छ भनेर सोध्नु पर्ने बाध्यता रहेको अब यो डाईरेक्सन बोर्डले त्यो समस्या बाट मुक्त रहने स्थानीयहरुले बताए । देशको वर्तमान राजनीतिक अवस्थामा युवाहरु पार्टीको झण्डा बोकेर हिडिरहदा बेलबारिमा केही युवाहरुको सक्रियतामा राष्ट्रिय झण्डा फहराउन थालेको छ ।
कार्यक्रममा नगरप्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, वडा नं ७ कि अध्यक्ष सुनिता चौधरी, सशस्त्र प्रहरी वेस क्याम्पका प्रमुख, बाहुनी प्रहरी प्रमुख चन्द्रकुवर अधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।