भानु मेमोरियल ई. स्कुल शैक्षिक सार्बजनिक गूठीद्वारा आज तेस्रो दिन कार्तिक ८ गते पनि देउसी भैलो २०७९ लाई निरन्तरता दिएको छ्न । यस बिद्यालयका संस्थापक गुठियार जगत बहादुर छेत्री भन्नू हुन्छ, धेरै साल अधि हामीले देउसी भैलो कार्यक्रम आयोजना गरेर स्कुलमा थुप्रै पुर्वाधार बिकास गरेका थियौ अनि एक्कासि लामो अन्तराल  पछि हाम्रो पुरानो चलनलाई पुर्ण सुरुवात गरेकोमा हाम्रा सम्पुर्ण कर्मचारी तथा बिद्यार्थीहरु संग हामी गूठीयारहरु एकदमै खुशी छौ । यसले संस्कृतिको संरक्षण र प्रबर्द्धन त गर्छ नै साथै स्कुल को प्रचारप्रसार र सम्बन्ध बिस्तारमा पनि ठुलो भुमिका खेल्नेछ । त्यसै गरि कार्यक्रम का सम्योजक शिक्षक दिनेश राई भन्नू हुन्छ ३ दिन सम्म को निरन्तर प्रयास र हाम्रो महान पर्व तिहार लाई मध्यनजर गर्दै २ दिन विश्राम गर्ने भएका छौ ्र आज बेलबारी ४ को शान्ति चोक, धरहरा चोक र प्रगति चोकमा सम्पन्न भएको छ  येदि सम्पुर्ण कलाकार बिद्यार्थी भाइबहिनी , अभिभावक र कर्मचारीहरु को माग भएमा सल्लाह गरेर कार्यक्रम बडाउने प्रतिबद्धता गर्दछौ ।