युवा समाजसेवी बाबुराम थापाले गृह जिल्ला तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि नगद १ लाख ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
दशैं तथा दिपावलीको अवसरमा स्थानीय नव ज्योति स्पोर्टिङ क्लबद्वारा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको समापन कार्यक्रममा सहयोग घोषणा गरेका हुन् ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका उपमहासचिव समेत रहेका थापाले सम्पन्न खेलको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । सानैदेखि खेलकुदमा रुचि राख्ने थापाले यस अघि पनि विभिन्न खेल प्रतियोगिताहरुमा नगद पुरस्कार प्रायोजन गर्दै आएका छन् ।