बेलबारी ।  आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार रहेका एश्वेर्यप्रसाद आचार्य (विपिन)ले चुनाव चिन्ह लाल्टिन पाएका छन् । आचार्य मोरङ क्षेत्र नं ३ (ख)बाट प्रदेश सभा सदस्य तर्फका स्वतन्त्र उम्मेद्वार हुन ।

बुधवार निर्वाचन अधिकृतको कार्यालय बेलबारीले आचार्यलाई लालटिन चुनाव चिन्ह दिएको हो । आचार्य ०७९ को स्थानिय तहको निर्वाचनअंा काङ्ग्रेसबाट बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्षको आकाक्षी रहेका थिए । स्थानिय तहको चुनाव सकिए लगतै आचार्यले काङ्ग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

आचार्य युवा माझ लोकप्रिय रहेका छन । आचार्य ०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित बेलबारी नगरपालिका वडा नं ३ को वडा सदस्य हुन । बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै बेलवारी जेसिज लगायत विभिन्न सामाजिक संघ सस्थाहरुमा नेतृत्वदायी भुमिकामा काम गरिरहेका उनी बेलवारी नगरपालिकाका पुर्व जनप्रतिनिधि समेत भैइ सकेका ब्यक्ति हुन।