मोरङ क्षेत्र नं ३ (ख) बाट स्वतन्त्रबाट उम्मेद्वारी रहेका एश्वेर्यप्रसाद आचार्य (विपिन) ले आफु चुनाव जित्नेमा विश्वसत रहेको बताएका छन । उनले मंसिर ४ गते जनताको मायाले आफुले चुनाव जित्ने बताए ।
आचार्य बेलबारी नगरपालिकाका निवर्तमान जनप्रतिनिधी हुन । ०७४ को स्थानिय तहमा बेलबारीको वडा सदस्यमा निर्वाचित आचार्यलाई ०७९ को स्थानिय तहमा काङ्ग्रेसले उम्मेद्वार बनाएन । उनी ०७९ को स्थानिय तहको निर्वाचनअंा बेलबारी नगरपालिका वडा नं ३ को वडाध्यक्षको आकांक्षी रहेका थिए ।
उनले हाल पार्टी परीत्याग गरेका छन । उनले राजनीतिक दलहरुमा नातावाद र पैसावाद हाबी हुँदै गएको र योग्य मान्छे सधैं पार्टीबाट वञ्जित हुनुपरेको अवस्थामा आफुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको बताएका छन ।