बेलबारी ।  नेपाली काँग्रेसले देश भरिका लागि आगामी मंगसिर ४ गतेको चुनाबका  लागि उमेद्वार तय गरेको छ।  उमेद्वार तय गरे संगै टिकट न पाएका पार्टी का कार्य कर्ता ले पार्टी परित्याग गरिरहेका छन्।  यस्तै पार्टी परि त्याग गर्नेमा बेलबारी का राज कुमार लिम्बु ले पनि आज बिहान बेलबारी मा पत्रकार सम्मेलन गरि पार्टी परित्याग को घोषणा गरेका छन्।  आफु लाइ ललाई फकाई गरि मेयर देखि प्रदेश सांसद सम्मको टिकट खोसेको बताएका छन्। लिम्बु भन्छन अब कसैको पनि झोले बनेर बस्नु पर्ने छैन। सुनिल शर्माले  क्षेत्र न ३ देखि सिंगो मोरंग जिल्ला नेपाली काँग्रेस पार्टी बिगारेको उनले बताए। जो संग ब्यापार छ जो संग पैशा छ  उसैले टिकट लिएर चुनाब लड्छ भने हामी जस्तो मान्छे पार्टीमा बस्नुको कुनै पनि काम छैन र पार्टी पनि धेर लामो सम्म रहदैन । २ बर्ष अघि  सुनिल शर्मले मलाई नोबेल हस्पिटलमा बोलाएर तपाईले महेन्द्र सुबेदीको अन्तर्घातको मुद्धा फिर्ता लिनु म  तपाईको   निर्बिरोध मेयरको उमेद्वार पाउनु हुने छ तपाईलाइ महेन्द्र सुबेदी सघाउनु हुन्छ शर्माले फकाउनु भो भन्ने लिम्बु ले पत्रकार सम्मेलन मा बताएका छन्।