चन्द्र पौडेल

बेलबारी । बिहानै उठेदेखि निकै ब्यस्त दैनिकीमा रहने पवन कुमार शाहको पहिचान पानी पुरीवालाको रुपमा स्थापित हु“दै गएके छ । 

आफ्नै देशमा काम गरि परिवारस“ग जीवन बिताईरहेका मोरङ बेलबारी–७ कदमचोकका शाह आफुले  गरिरहेको कामप्रति सन्तुष्ट देखिन्छन् । बिहानै उठेस“गै उनको परिवार सहित उनी पनि पानीपुरी बनाउन ब्यस्त हुन्छन् । झण्डै दुई तीन घण्टा पानीपुरी र चटपटेको मसला तयार गर्न उनलाई लाग्छ त्यसपछि उनी खाना खाएर आफ्नो चारपाङ्ग्रे ठेलामा बिहानै बनाएको पानीपुरी चटपटेको मसला र भुजाको बोरा आफ्नो ठेलामा लोड गरेर आफ्नो गन्तव्य तिर लाग्छन् । प्रायः जसो बिहान ११ बजे देखि बेलबारी नगरपालीका बाहुनी स्थित बजारमा आफ्नो ठेला ब्यावसाय गर्दै आएका शाहलाई बेलुका ६ बजे पछि मात्रै घर फर्कने फुर्सद हुन्छ उनी बताउ“छन् । सामान्य लेखपढ गरेका उनी सानैदेखि यही ब्यावसाय गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनले भने । पानीपुरी रोज्नुको अर्को कारण नगद कारोबार हो । उनी भन्छन्–दैनिक नगद कारोबार भईरहने ब्यवसायह हो यो । ब्यावसाय गरेदेखि कहिले पनि कसैस“ग पैसाको लागि हात थाप्नु नपरेको उनी बताउ“छन् । सरकारी अनुदान तथा सरकारी कार्यक्रमको बारेमा अनबिज्ञता प्रकट गरेका पवन आफुले रुचाएको पेशा गरेकोमा कसैको आश गर्नु नपरेक बताउ“छन् । 

पानीपुरी ब्यावसाय समस्याका बारेमा सुनाउ“दै उनी भन्छन् –घाम,पानी,धुलो,धुवा“ ठेला ब्यावसायको मुख्य समस्या हो । बिहान ११ बजेदेखि बेलुका ६ बजे सम्म उभिएरै ब्यापार गर्नु पर्ने बाध्यता रहेको उनी बताउ“छन् । हाल पवनको परिवारमा दुई छोरा, श्रीमती र आफु सहित ४ जनाको परिवार छ । दैनिक ५ सयदेखि ७ सयसम्म कमाई गर्ने शाह भन्छन् –यो पेशाबाट धेरै सम्पति जोड्न नसकिए पनि छोराहरुलाई राम्रो स्कुलमा पढाउन सके । 

मेहनत र लगनका साथ काम गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा उनी देखिन्छन् । पछिल्लो समय लाखौ युवाहरु बिदेशीदै गएको अवस्थामा स्वदेशमै उद्धम गरिरहेका युवाहरुका लागि स्थानीय सरकारले कार्यक्रम तथा योजना ल्याउन जरुरी देखिन्छ ।