डम्बर बहादुर विश्वकर्मा र लोक बहादुर चौहान

पेन्सिलभेनिया अमेरिका विभिन्न उद्देश्य र प्रकृयाबाट अमेरिका पुगेका किराँतीहरु प्रवासमा पनि आफ्नो सँस्कार र सँस्कृति जगेर्ना गर्न लागिपरेका छन् ।

उनिहरुले प्रवासमा भए पनि साकेला(साकेन्वा पुजा देखि साकेला नृत्य ९चण्डि सिली ० साथै उधौली उभौलि सेवा समेत गर्ने गरेका छन् । यसको ज्वलन्त नमुना हालै मात्र लामो समय देखि अमेरिका अस्थायी(स्थाई बसोबास गर्दै आएका वा तेश्रो मुलुक पुनर्वास भएका नेपाली मुलका नेपालीहरुले दुई दिवसिय एक बृहत कार्यक्रमको आयोजना गरी किराँती मुन्धुम र सँस्कृती युक्त नृत्य सँगै पुजा समेत गर्नु रहेको छ । उक्त अवसरमा अमेरिकाका विभिन्न प्रान्त बाट भेलाभएका किराँतीहरुले आफ्नो सँस्कृति जगेर्ना हुने खालका मुन्धुमी पुजा ९ उधौली पुजा ० साथै नृत्य लगायत अन्य विभिन्न कार्यक्रम गरेर मनाएका थिए ।
कार्यक्रम किराँत नृत्य देखि किरात कल्चर सोसाइटी अफ पिट्सवर्क पेन्सिलभेनिया अमेरिकाले आयोजना गरेको हो । कार्यक्रम यहि सेप्टेम्बर १७र१८ तरिख ९असोज १र२ गते शनिबार र आइतबार० दुई दिन सम्म चलेको थियो ।
अमेरिकामा बसोबास गरेका नेपाली भाषीहरुले आफ्नो कला संस्कृति र मौलिक पहिचान संरक्षण गर्नको लागि प्रत्येक बर्ष उँभौली र उँद्यौली पर्वको रुपमा
पुजा आयोजना गरि मनाउने गरेका छन् । यस बर्षको उद्यौली पर्व९मुबेक्वा याक्वा सेवा० शनिबार र आइतबार दुई दिन पुजा आयोजना गरि मनाइएको हो ।
आफ्नो मौलिक परम्परालाई विदेशी भूमीमा समेत कायम राख्न प्रत्येक बर्ष उद्यौली र उभौली पर्व सँगै विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको
307695161_1153369562056518_1275145567054903980_n
किरात अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रिय सदस्य सन मुकारुङले जानकारी दिनुभयो ।
विश्व शान्ति मानव एकता तथा सम्पूर्ण सक्कल प्राणीहरुको निम्ती यो उद्यौली पुजा आयोजना गरिने गरिएको समेत केद्रिय सदस्य मुकारुङले जानकारी दिनुभयो ।
उक्त पुजा कार्यक्रममा गाली श्राप वहवन्ती सँगै उत्पादन भएको नयाँ बाली घरमा भित्र्याउने ९न्वाङ्गी० को रुपमा समेत किरात समुदायले लिने भएकोले यसलाई महत्वको
साथ लिने गरिन्छ ।
उक्त पुजा कार्यक्रममा किरात लिपीलाई समेत जुम मिटिङ्ग मार्फत हप्तामा एक दिन सिकाइने गरिएकोमा सो पुजा कार्यक्रमको अवसरमा सहभागी सम्पुर्ण
बालबालिकाहरुलाई प्रोत्साहन र हौसला स्वरुप मेडल तथा ट्रफि समेत प्रदान गरिएको थियो । आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्नको लागि आफ्ना बालबालिकाहरुलाई
नेपाली पहिचान र आफ्नो कला संस्कृतिमा सहभागी एवं जानकारी गराउन समेत समाजले अग्रणी भुमिका खेल्दै आएको छ । उक्त पुजा कार्यक्रमको समापनमा साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो ।
307223691_837399300590184_2129940347492621235_n
पुजा कार्यक्रममा अमेरिकामा रहेका नेपाली भाषीहरुले संञ्चालन गरेको विभिन्न संघ संस्था बि क्याप, हिमालयन फाउण्डेसन, ओमकार परिवार,
एस एण्ड के एजुकेशन फाउण्डेसन, नमसरा होम केयर लगायतका एकदर्जन बढी संघ संस्था र अमेरिकी नागरिकहरुको समेत उत्साहा पुर्ण सहभागीता रहेको थियो भने
दुई दिने पुजा आयोजना कार्यक्रम केशर मुकारुङको सभापतित्वमा सम्पन्न भएको थियो ।