डम्बर बहादुर विश्वकर्मा
जाँते ३०। भदौ उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँते स्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समुहले आफ्नो बिसौं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
साधरण सभा संस्थाको आफ्नै कार्यलय परिसमा सम्पन्न गरिएको थियो । सभाको प्रमुख अतिथी नगरप्रमुख भुपेन्द्र कुमार लावतीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
उक्त साधरण सभाले क्भ्भ् परिक्षा ०७८ मा स्थानिय स्तरमा उत्कृष्टता हासिल गर्ने स्थानिय श्री मा। वि।का दुई जना छात्र(छात्रालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा छात्र तर्फ अभिशेक दाहाल ९३।२०ग्रेड० र छात्रा तर्फकी नेहारिका गौतम९३।७५ ग्रेड प्राप्त० रहेको संस्थाका कार्यलय सचिव पञ्चरत्न तिम्सिनाले बताए । उनका अनुसार सम्मानित द्वयलाई जनहि नगद एक हजार र सम्मान पत्र प्रदान गरिएको छ ।
यसैगरी सभाले स्थानिय दलित समुदायबाट स्नातकोत्तर उतिर्ण साथै विश्वकर्मा जातिमा स्वास्थ्यको स्थिति एवं परिवरनियोजनको अवस्था विषयमा सोधपत्र समेत लेख्ने स्थानिय अर्जुन गदाईलीलाई नगद रु पाँच हजार र कदर पत्र द्वारा सम्मान गरेको छ ।
उक्त सभामा संस्थाका अध्यक्ष होमनाथ सुवेदीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । यसै क्रममा अध्यक्ष सुवेदीले सभामा ८१ लाख बराबरको आ।व। ०७९र८० को अनुमानित आय व्यय समेत प्रस्तुत गरेका थिए ।
सभा संस्थाका अध्यक्ष होनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।