CC367EBE-8961-4851-9F96-2DE54F236655डम्बर बहादुर विश्वकर्मा |      लेटाङ्ग २९ भदौ- स्थानिय तह निर्वाचन ०७९ पश्चात गठित लेटाङ्ग नगर सरकारले सय दिन पार गरेको छ ।

        आफ्नो सय दिन पुगेको उपलक्ष्यमा नगर सरकार द्वारा आज आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आफुले सय दिनमा गरेको कामको फेहरिस्ता सार्वजनिक गर्न आयोजीत उक्त सम्मेलनामा पत्रकारहरुलाई कामको विस्तृत विवरण सहितको प्रतिवेदन वितरण गरिएको थियो । उक्त सम्मेलनको नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत द्वारा संयुक्तरूपमा नगर सभा द्वार पारित नगरको नितितथा कार्यक्रम पुस्तिका विमोचन गरेर शुरुआत गरिएको थियो । 

           सम्मेलनामा सय दिनिमा आफुले गरेको उपलब्धि विवरण नगर प्रमुख र उपप्रमुख दुवैले पालैपालो प्रस्तुत गरेका थिए । उपलब्धि विवरण प्रस्तुतिका क्रममा नगरप्रमुख भुपेन्द्र लावतीले शुरुमा संक्रमणकालकै समय भएकाले आफुहरुले खासै केहि उपलव्धी हासिल गर्न नसके पनि आफुहरुले विभिन्न काम गर्नका लागि नितिनियम भने थुप्रै बनाएको वताए । साथै जनताको उत्साहजनक सहभागितामा थुप्रै काम गर्न आफुहरु सफल भएको  पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा वताएका छन् । सम्बोधनका क्रममा नगरप्रमुख लावतीले साना भन्दा साना देखि निक्कै महत्वकांक्षि योजनाहरुको समेत आफुहरुले यस सय दिन भित्र सम्पन्न गरेको बताए ।  साथै कयौं परियोजनाको सुरुवात गरिसकेको बताएका छन् । सय दिनमा आफुले थालेको अधिकांश योजनाहरुमा जनताको स्वयं सेवकिय सहभागिता देखेर आफु उत्साहित भएको प्रमुख लावतीले बताए । यसबाट  आफुले आगामी पाँच वर्ष भित्र अधिकतम जनताको पक्षमा काम गर्न सक्ने साथै जनताकै सहभागीतामा जनताकै पक्षमा नगरसरकारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

         आफ्नो सय दिनमा आफुले हासिल गरेको उपलब्धि मध्ये लेटाङ्ग नगरसरकारले समयमा निति तथा कार्यक्रम प्रस्तुति र पारित सँगै बजेट समेत समयमा पारित गराउन सक्नु ठुलै उपलब्धि रहेको बताईएको छ । यसैगरी खोला उत्खनन कार्यको बेलैमा अनुगमन गरी नियमन गर्न सक्नु , नगर भरीका विद्यालयहरुमा स्थानिय पाठ्यक्रम तयारी सँगै कार्यन्वयन गरिनु , लिम्बु भाषाको पाठ्यक्रम तयारी , बालिका शिक्षा बचत कार्यक्रम (पहाडी वडाहरु १/७/८ मा) लागु गर्नु पनि आफ्नो उपलब्धि कार्य रहेको सम्मेलनमा बताईएको छ । यसैगरी आफुहरुले नगरभित्र अहिले सम्म विद्युत बाट वञ्चित वडा नम्बर एकको बथाहामा वत्ति बालिनु र वडा नम्बर सातको मलिबासेमा समेत विद्युत विस्तार गरिनु , विपद न्युनिकरणको काम स्वरुप चिसाङ्ग लगायतका खोलामा तटबन्धको व्यावस्था गर्नु  पनि उपलब्धि मानिएको छ । यसैगरी नगर सौन्दर्यको कार्य स्वरुप गंगेचौक दक्षिण जंगल क्षेत्र सफाई सँगै फुलका विरुवा रोपण , प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरन्नोति गर्दै १५ सैयाको अस्पताल बनाउने कार्यको थालनी, उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिनु  आदि थुप्रै काम आफुहरुले सय दिन गरिनु पनि आफ्नो ठुलो उपलब्धि बताईएको छ ।

            लेटाङ्ग नगरमा नेपाल कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाई बहुमत छ  । आफु बहुमतमा रहे पनि नगरले गर्ने हरेक निर्णयमा प्रति पक्षलाई पनि साथै लिएर मात्र अघि बढ्नेमा आफु प्रतिवद्ध रहेको नगर प्रमुखले सम्मेलनमा बताएका छन् ।