युवाहरूको नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिँदै आएको संस्था बेलबारी जेसिसले आज एक कार्यक्रमकाविच आफ्नो जेसिस सप्ताहको उद्घाटन भएको छ । बेलबारी नगरपालिका वडा नं –२ को परिसरमा वृक्षरोपण गरेर सप्ताहको उद्घाटन गरिएको हो ।
बेबलारी नगरपालिका वडा न. २ का अध्यक्ष कृष्णबहादुर गुरुङ प्रमुख अतिथि रहेको विक्षरोपण कार्यक्रममा वडा सदस्यहरू मन्जु रिजाल, दीपक लिम्बू, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, पूर्व अध्यक्षहरू दिपेन्द्र खुलाल र राजेन्द्र बहादुर अधिकारी, इभिपी भूवन कार्की, प्रशान्त निरौला लगायतको उपस्थिति रहेको थियो ।
‘गो ग्रीन बेलबारी’ नारा लिएर वृक्षरोपणका साथ सुरु भएको सप्ताहमा विभिन्न कार्यक्रमका साथ असोज ७ गते सम्पन्न गरिने बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीले बताएका छन् ।
बेलबारी जेसिसका वर्ष २०२२ का वातावरण संयोजक विप्लभ पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भने महासचिव विराज सुवेदीको रहेको थियो