बीमा रकम पाउने लोभमा आफ्नो सवारी साधनमा आफौ आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको मौका छोपी दाङको घोराही लमली सडकखण्डमा आफैंले टिप्परमा आगजनी गरेको पुष्टि भएपछि चालक र सहचालकसँगै टिपरका साहुलाई समेत प्रहरीले पक्राउ गरेको छ । रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । प्रहरीमा  आगलागीको रिपोट समएमा नभएकाले गर्दा पनि शंका गर्न बाटो रहेको र सोहि शंकाका आधारमा अनुसन्धान गर्दा चालक र सहचालकले आफै गाडीमा आगो लगाएको पुष्टि भएको छ । उनीहरुले गाडि साहुकै आदेश र सहमतीमा आगो लगाएको बताएका छन् । प्रकाउ परेका तीनैजना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुविरुद्घ मुद्घा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।