चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव प्रदेश १ मा सामान्य मात्रै देखिएको छ । प्रदेश १ मा लामो तथा छोटो दुरीका सवारीसाधन पूर्णरुपमा संचालनमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । प्रदेश १ मा बिना कुनै अवरोध सवारीसाधन संचालनमा रहेका छन् । प्रदेश १ का शैक्षिक संस्था भने अधिकाँश रुपमा बन्द रहेका छन् । सोमबार साझ नै नोटिस निकालेर अधिकाँश शैशिक संस्थाले संस्था बन्द रहने जनाएका थिए । यस्तै, बजारहरु पनि खुलेको अवस्थामा रहेको छ ।