आजभोली दैनिक सवारीसाधन दुर्घटना हुने गरेका छन् । कोही बसको ढोकाबाट लडेर त कोही चलाईरहेको साईकल्लाई ठकर दिएर । कतिले अङ्गभङ्ग भएर बस्नु परेको छ त कतीले आफ्नो र आफ्नाको ज्यानै गुमाउनु परेको छ । हिजोमात्र झापामा तीनवटा छुटाछुटै सवारी र्दुघटनामा परी चार जना सामान्य घाईते र एक जनाको मृत्यु भएको छ । मोरङको कुरा गर्ने हो भने प्रदेश नम्बर एककै सबै भन्दा बढी र्दुघटना भएको त्थयले देखाउछ, हिजोमात्रै ६ वटा छुटाछुटै सवारी र्दुघटनामा परी सात जना सामान्य घाइते र एक गम्भीर घाइते भएका छन् । सुनसरीमा दुई सामान्य घाईते, एक गम्भीर घाईते र एक जनाको मृत्यु भएको छ । उदयपुरमा तीनवटा सवारी र्दुघटनामा चार सामान्य र दुई जना गम्भीर घाईते भएका छन् । त्यस्तै भोजपुरमा अटो अनियन्त्रित भई र्दुघटना हुदा एक जना गम्भीर घाईते भएका छन् । धेरैजसो मोटसाईकल र अटो र्दुघटना भएको तथ्यले देखाउछ । सवारी साधन र्दुघटना हुनुको कारण मापासे सेवन र लापरबाहीले गर्दा भएको देखिन्छ । जनचेतना हुदाहुदै पनि ढोकामा झुन्डेर यात्रा गर्नु, सडकमा सवारी साधन्को चाप बढ्नु र क्षमता भन्दा बढी यात्रु बोकेर गाडी चलाउनु पनी सवारी साधन दुघटना हुनुको अर्को मुख्यकारण देखिन्छ । यो दुघटनाबाट के देखिन्छ भने यात्रु, सवारी चालक र ट्राफीक प्रहरीले सचेत रहन् जरुरी देखिन्छ ।