सप्तरी राजगढ गाँउपालिका वडा नंं ४ मा रहेको एक पोखरीमा एक बालकको मृत्यु भएको छ । राजगढ गाँउपालिका बेलहिचपेनामा पोखरीमा पौडि खेल्न भनि साथिहरु सँग गएका थिए । स्थानीय बिरेन्द्र मण्डलका छोरा १३ वर्षिय राजा मण्डलको मृत्यु भएको हो । घरनजिकैको पोखरीमा पौडि खेल्ने क्रममा बच्चाको डुबेर ज्यान गएको प्रहरी चौकि पथरगडाले जानकारी दिएको हो ।