मोरङको सुन्दरहरैंँचा नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या चुलिएसँगै जग्गा खरिद गरिएतापनि प्रयोगविहीन छ। नगर क्षेत्रको फोहोर भने वन क्षेत्रमा लगेर व्यवस्थापन गर्ने गरिएको छ। सुन्दरहरैंँचा नगरपालिका क्षेत्र विस्तार भएसँगै फोहोर व्यवस्थापनको समस्या चुलिएको छ।  फोहोरलाई व्यवस्थापन गर्नकै लागि वडा नं.  १ मा झन्डै दुई बिघा पाँच कठ्ठा जग्गा डम्पिङ साइटकै लागि २०७१ सालमा खरिद गरिएको थियो । तर अहिलेसम्म त्यो जग्गा प्रयोगमा आउन सकेको छैन् । इन्द्रपुर गाउँ विकास समिति हुँदा नै फोहोर व्यवस्थापन गर्न जग्गा खरीद गरिएको थियो । नगरपालिकाले  नगर क्षेत्रमा उत्पादन भएको फोहोर यतिबेला बाघझोडा जङ्गलमा लगेर व्यवस्थापन गर्ने गरेको छ। जङ्गलमा फोहोर व्यवस्थापन गर्दा वातावरण प्रदूषण हुने गरेकोे स्थानीय बताउँछन् ।

नगरपालिकाको नाममा रहेको जग्गामा भने वृक्षारोपण गरिएको छ। बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको सिमाना लोहन्द्रा खोलाको किनारमा रहेको नगरपालिकाकै जग्गाा फोहोर व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । 

अब भने जनप्रतिनिधि र अन्य सरोकारवाला निकायसँग छलफल गरेर जग्गाको उचित सदुपयोग गरिने नगरपालिकाले जनाएको छ । 

अतः नगरपालिकाको आफ्नै जग्गा हुँदाहुँदै जड्गलमा व्यवस्थापन गर्नु उचित मानिदैन । जसले गर्दा चाँडो भन्दा चाँडो नगरपालिकाकै जग्गामा फोहोर व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।