बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न ७ बस्न पवललाल चोधरीले असाहाय गरिवहरुलाई खाना खुवाई सहयोग गरेका छन् । दैनिक रुपमा विहान बेलुकाको छाक टार्न मुस्कील हुने परिवारलाई खाना खुवाएको हो । बेलबारी नगरपालिका वडा न ७ मा रहेका गरिव असाहाय र गरिविको चपेटामा परेकाहरुका लागी वडा न ७ मा रहको श्री एक सय आठ बाबा दिना भद्री मन्दिरमा भेला भएर १ सय पचास भन्दा माथिलाई खाना खुवाइएको थियो ।
वडामा दैनिक रुपमा खाद्ययन्नको कमिका कारण विभिन्न रोगहरुको चपेटामा परेका वालवालिकालाई पोषण युक्त खाना , फलफुट मिठान्न समेत बाढिएको थियो । चौधरीले यो पटक मात्र होइन हरेक वर्ष गरिव, असाहायहरुलाई आर्थिक सहयोग देखि खाध्यन्न समेत सहयोग गर्दै आएका छन् । उनले भने यस्ता गरिव, मजदुर, दिनदुखीलाई खाना सहयोग गर्न तयार रहेको बताए । आफुले कुनै स्वार्थ विना नै हरेक वर्ष खाना खुवाउदै आएको कुरा पनि बताएका छन् । खानै नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनको लागि विहान बेलुका हातमुख जोर्न समस्या भएका मानिसहरुलाई भोकोपेट वस्न नपरोस् भनेर एक छाक भए पनि खाना खुवाएको चौधरीले बताएका छन् ।