बेलबारी । सरकारले ब्यापार घाटा कम गर्न गिटी बालुवा भारत निकासी गर्ने बताइरहदा मोरङ बेलबारी वडा नं. ८ मा रहेको पेट्रोल खानी अलपत्र अवस्थामा छ । पेट्रोल खानी सरकारी उदाशिनताको कारण अलपत्र अवस्थामा रहेको हो । स्थानीयले गाई बाख्राको लागि गौचरणका रुपमा प्रयोग गदै आईरहेको खानी क्षेत्र अहिले झाडीको रुपमा परिणत भएको छ । 

पेट्रोल खानी रहेको भनिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको भाउन्ने देखी ७ किलोमिटर दक्षिणमा पर्छ । उद्योग मन्त्रालयले संरक्षण गर्दै आएको खानीको सुरक्षाका लागि सरकारले २ जना चौकीदार समेत राखेको छ । पांच बिगाह क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा केही बर्ष अघिबाट ५ लाखको लागतमा वरिपरि घेराबेरा समेत भएको थियो । खानी रहेको भनिएको क्षेत्रमा रहेका पाँच वटा गोदाम भत्केका छन भने एउटा गोदाम पनि लथालिङ्ग अवस्थामा रहेको छ । पछिल्लो समय सरकारले खानीको विस्तृत अन्वेषणको प्रतिवेदनका कुरा बाहिर नल्याउदा उत्खननको काम पनि अघि बढन सकेको छैन ।

petrol2

बि स २०३९ सालमा पेट्रोलियम पदार्थ रहेको भन्दै सरकारले अन्वेषण सुरु गरेको थियो । २०४३ देखि २०४५ सालमा यसलाई तिब्र गतिमा अघि बढाएको थियो । चिनियाँ टोलीले २०७३ साल बैशाखमा नेपाल आएर सम्भावित क्षेत्रका चट्टान लगायत नमूना चीन लगेको थियो । त्यसको रिपोर्टको विस्तृत अन्वेषणका बारेमा कुनै जानकारी अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन । 

petrol1

सो समयमा चिनियाँ विज्ञ सहितको टोलीले कोशी नदी आसपास र चुरे क्षेत्रका चट्टानहरुको अध्ययन अन्बेषण गरेको थियो । स्थानियका अनुसार चिनियाँ विज्ञसहितको टोलीले नेपालमा रहेका दुई ठुला खानीमध्ये एक राधानगर रहेको निष्र्कण निकालेको थियो तर सरकारले अहिलेसम्म सो बिषयमा बाहिर कुनै कुरा ल्याएको छैन । स्थानियले सो क्षेत्रलाई बेवारिसे अबस्थामा छाड्नु भन्दा तत्काल उत्खननको प्रकृया थाल्न माग गरेका छन ।