इटहरीः नहरमा पानी नआएको भन्दै सुनसरीको लौकही गाउँपालिकाका किसानहरुले अम्दोलित गरेका छन् ।
धान रोप्ने समयमा पनी नहरमा पनी नआएको भन्दै महेन्द्र राजमार्ग अवरुद्ध पारेका हुन् ।कोसीटप्पु वन्यजन्तु आरक्षको प्रवेशद्वारनजिकै महेन्द्र राजमार्ग क्षेत्रमा किसानहरुको समूहले टायर बाल्नुका साथै विभिन्न अवरोधक तेर्साएर सडक अवरुद्ध पारेका हुन् । केही बेरअघि सुरु भएको जाम खुलाउन प्रहरीले प्रयास गरिरहेको जिल्ला प्रहरुी कार्यालय सुनसरीले जनाएको छ ।