बेलबारी । बेलबारी नगरपालीकाको ड्रिमल्याणमा हिजो एक कार्यक्रमका बिच किवानीज इन्टरनेस्नल नेपालले डिभीजन वानको किवानीज वर्ष २०२२/ २३ को लेपटिनेन्ट गभर्नरमा टुम्लीङटार क्लबका कुवेर प्रसाद भेटवाल निवाचीत भएका छन् भने किवानीज वर्ष २०२३/२४ का लागी लेपटिनेन्ट गभर्नर इलेक्ट शषीराज वीष्ट निवाचीत भएका छन् ।
यो संस्थाले नेपालमा बालबालीकाको क्षेत्रमा सन् २०१५ देखि लगातार काम गर्दै आईरहेको छ । किवानीजले सदस्यहरूलाई स्थानीय सेवा परियोजनाहरू र कोष सङ्कलन मार्फत बालबालिकाका आवश्यकताहरू पूरा गर्न रचनात्मक तरिकाहरू पछ्याउन सक्षम बनाउँछ । किवानीजले प्रत्येक वर्ष लगभग १,५०००० सेवा परियोजनाहरू आयोजना गर्दछ । नेपालमा यो संस्थाको एक हजार भन्दा बढी सदस्य रहेका छन् ।
कार्यक्रममा किवानीज इन्टरनेस्नल नेपालका गभर्नर एकराज पन्त, गभर्नर इलेक्ट लक्षुमण लम्साल, भाईस गभर्नर तीर्थ सिङ, लगाएत किवानीज जिल्ला बोर्ड सदस्यहरुकोे उपस्थीती रहेको थियो ।
