थिए कति रहर
मेरा, कल्पनामै रमाउँथे
डाक्टर बन्ने सपना थियो,त्यसैमा नै हराउथे।
बिहान जान्थे पढ्नलाई,चाडै
नै घर आउँथे
छोटा थेनन् मेरा कपडा,सधैं पूरा
लाउँथे।।
सबैलाई राम्रै देख्थे बोल्थे
सधैं राम्रो
बा आमा र
छोराछोरी परिवार थ्यो हाम्रो।
हराउँदै थे दिन
सँगै,बिलाउँदै थे
रातहरु
कस्तो हो यो
जबर्जस्ती,जोड्नु पर्ने साथहरु।।
देखावटी समाज हाम्रो
,कस्लाई दिने दोष
हेर्नु पर्ने रैछ सबलाई,
पुगेन मेरो होस्।
माया गर्छु भन्दै आयो,कसरी पो
मानु
अवस्था नै यस्तो
आउँछ,भन्ने म
के जानु।।
कस्लाई महसुस मैले,गर्नै सकिन
को मान्छे मा के
लुक्या छ, चिन्नै
सकिन।।
बस्या रै २
जना ,कुरी बाटो
मेरै
छ्याप्प एसिड फालिदिए,पोल्न थाल्यो धेरै।।
पीडा के हो
मैले अब,भोग्नै
सकिन
बेहोस भै लडे
म ,उठ्नै सकिन।
सक्यो अब मेरो
जीवन ,भन्ने झै
लाग्यो
पकड्न कसैले त्यो ,अपराधी
भाग्यो।।
रुन्छन् मेरा बा
आमा, मेरो पीडा
देखि
जन्मीएछु यो धर्तीमा
,कस्तो कर्म लेखी।
आदि रूप ज्या
रैछ,सबै काटी
फाले
हेर्दा ऐना आफ्नै
रूप,झास्किनपो थाले।।
चोट लाग्या थियो बाहिरी,
भित्री मन पोल्छ
न्याय लागि उठ्छु
भन्दै,आत्मा आफैँ
बोल्छ।
उठ्दै थिए बिस्तारै
म,बिर्सी सबै
दुखाइ
कठोर हुनुथियो मलाई,पीडा
जति लुकाई।।
कहिले सम्म पिडित
हुने, नेपाली ती
चेली
भोग्नु न परोस्
है पीडा ,अरु
कसैले नि।
पीडित माथी पीडित
हुन्छन् ,खै कस्तो
यो कानुन
दोषी जति निर्दोष
हुन्छन ,दैव आफै
जानुन।।
-आशिष नेपाल
-कन्चन घिमिरे