हरेक वर्षको साउन १ गते सुर्य मिथुन रासीबाट कर्कट राशिमा प्रवेश गर्ने हुनाले साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भन्ने गरीन्छ । साउने संक्रान्ति बाट सूर्यले दक्षिणको यात्रा गर्ने हुनाले सुर्यदक्षीणएन हुने मान्यता छ । यसदिन निबुवा लगायत अमिला फलफुल, वनस्पती बिहानै घरमा ल्याएर राख्ने र सांझ तीर अगुल्टो सहित लुतो फ्याक्ने चलन पनी छ । साउने संक्रान्ति चाडपर्व भित्राउने पर्वको रुपमा पनि मानिन्छ । साउने सङ्क्रान्तिमा बिविद रुपमा लुतो फाले पछि हिलो महिलोको काम सकिएको बुझिन्छ तर तराई क्षेत्रमा भने साउन अन्तिम सम्म पनि रोपाई जारी हुने हुनाले साउने संक्रान्तिमानै हिलो सकिने मान्यता भने यर्थाथ भन्दा फरक पाइन्छ । श्रावण महिनामा बिसेष भगवान शिवको पूजा आराधना गर्ने महीनाको रुपमा लिने गरीन्छ । बिसेष गरी यो महिना महिलाहरु शिवजीको व्रत बसी हरियो चुरा, पोते र हरियो पहेलो पहिरनमा सजिने गर्छन् ।
साउन सुरु भएसँगै गाउँ घरदेखि सहर बजार सबैतिर महिलाको गलामा हरियो पोते, हातमा चुरा र मेहेन्दी ले सजीन थालेका छन् ।