सरकार परिर्बतन भयो,  सरकारमा रहेका मन्त्री पटक पटक परिर्बतन भए । तर, कृषी प्रदान देशमा रहेका नागरिकको समस्या भने ज्यूका त्यू छन् । सरकारले कृषकका लागी बिभिन्न कार्यक्रम ल्याउने पनी गरेको छ । कार्यक्रम मात्र नभइ किसानलाइ समयमा मल उपलब्ध गराउन ठुलो रकम छुट्याउने गरेको पनी छ  । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले बर्षेनी अर्बौ बजेट सक्ने गरेपनि रोपाईका बेला किसानले मल समयमै नपाउने समस्यामा भने कमि आएको छैन । मानो रोपेर मुरी फलाउने बेलामा मल नपाउदा किसान निरास बनेका छन् । धान रोप्दा समेत मल नपाउदा उनिहरु पछिका दिनमा कसरी मल लगाउने भनेर चिन्तमा छन् ।


किसान  युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । धान रोप्ने समयमा पनि युरिया मलको चर्को अभाव व्यहोर्न थालेका छन्। समयमा मल लगाएर उत्पादन बढाउन उदेश्यका साथ ३ बिघा क्षेत्रफलमा धान रोप्न थाले पनी समयमा मल र बिउ नपाउदा लागत नउठ्ने चिन्तामा रहेको किशानले बताएका छन् । पटक पटक सम्बन्धित निकायलाई मलको लागि आग्रह गर्दा पनि मल पाउन नसकेको किसानहरू बताउछन् ।


किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन स्थानीय सरकार लागि परेपनी कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसनले आवस्यकता अनुसार मल उपलब्ध गराउन नसकेको इटहरी उपमहानगर पालिकाका कृषी बिकास शाखाका प्रमुख गंगा माया अधिकारीले बताउनुभयो  । नगरपालिकाले सहकारी तथा कृषि सम्बन्धी काम गर्ने संघ संस्थालाई जिम्मेवारी दिए पनी मल लिन जादा उक्त संघ संस्थालाई सरकारले नै समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा सिफारिस लिएर गएका बिक्रेताहरुले मल पाउन नसकेको उहाले जानकारी दिनुभयो ।


समयमा मल लपाएका कारण हरेक बर्ष किसान निरुसायीत हुने गरेका छन् । अपेक्षा अनुसार कृषी जन्य समाग्री उत्पन नहुदा तराइमा पनी खेती योग्य जमिन बाझै रहने गरेको छन् । सरकारले किसानलाइ आस्बासन दिनु भन्दा समयमा मल उपलब्ध गराउन आश्बसेक देखीन्छ ।