बेलबारी । सरकारी वकिल कार्यलयको नीतिगत कार्यक्रम अन्तर्गत फौजदारी प्रकृतिका मुद्धामा कानुनी उपचारको व्यवस्था र कानुनी उपचार लिने  बिषय बारेमा एकदिने अन्तरक्रिया  कार्यक्रम बेलबारी नगरपालिका वडा. नं ६ मा सम्पन्न भएको छ । कार्यक्रममा नगरिक्त्ताका बिषय, बहुविवाह र बालबालिकाका बिषयमा बढी प्रश्न उठेका थिए । समाजमा भएका कानुनी समस्याको अनुभुति गर्ने उद्देश्यले उक्त कार्यक्रम गरीएको थियो । समुदायमा हुने फौजदारी घटनाको तुरुन्त कानुनी उपचार पाउनका लागी पनि यस्ता कार्यक्रम प्रभावकारी हुने सहायक न्यायाधिबक्ता मदन न्यौपानेले जानकारी दिनुभएको छ । कार्यक्रममा ६ नं वडाका वडाअध्यक्ष टेक ब. राई, सह न्यायाधिबक्ता कोषहरु निरौला, पदम प्र. वस्ती, भोलानाथ निरौला, लगायतको उपस्थित रहेको थियो ।