बेलबारी । ७७ वटै जिल्लामा सेवा केन्द्र विस्तार गर्ने उदेश्यले समृद्ध नेपाल कृषि सहकारी सस्थाले मोरंङको कार्यालय बेलबारीमा सञ्चालनमा ल्याएको छ । समृद्ध नेपाल कृषि सहकारी सस्था प्रा.लिको मोरंङ शाखा बेलबारी चोकबाट संञ्चालनमा आएको छ । बेलबारी नगरपालीकाका नगरप्रमुख दिल प्रसाद राईको प्रमुख आथितित्यमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैकंका अध्यक्ष के।बी उप्रेती, जिल्ला सहकारी संघकि उपअध्यक्ष पार्वती वराल, प्रदेश बचत तथा ऋण संघका उपअध्यक्ष हरी सुवेदी, बिरेन्द्र यादव, बलदेव सुवेदी सुरेश कार्की लगाएत सहकारी तथा बैंक सँग सम्बन्धीत व्यतीहरुको उपस्थिती रहेको थियो । अरु सहकारी नामको मात्र सहकारी रहेको र यस सस्थाले किसानहरुलाई निकै सबल र सक्षम बनाएको सस्थाका शाखा प्रबन्धक युवराज राईले बताउनु भएको छ ।
सहकारीले प्रङगारीक मलको प्रयोग बढाउने ऋण लगानी गर्ने र किसानले उत्पादन् गरेको उत्पादन बजारीकरण गर्ने सहकारीको मुल उद्देश्य रहेको छ । सहकारी बेलबारीमा आएर बस्नुको कारण बेलबारी, सुन्दरहरैचा, कानेपोखरी, कसेनीका क्षेत्रमा उत्पादन राम्रो हुने र मोरङ्गको सेन्टर पर्ने हुनाले पनी बेलबारीबाट सहकारी संञ्चालनमा आएको हो । अबका दिनमा सस्थाले अन्य जिल्लामा पनि शाखा बिस्तार गर्ने योजना लिएको छ । पुर्वमा बेलबारी शाखा सहीत ४ वटा जिल्लामा शाखा बिस्तार भइसके को छ ।