बेलबारी मोरंग  । बेलबारी नगरपालीका वाड। नं।९ पोखरियामा आर्जु राईस मिल संचालनमा आउने भएको छ । ५० करोडको लगानीमा बुद्ध एयरलाएन्सका संचालक बीरेन्द्र बहादुर बस्नेतको एकल लगानीमा मिल  संचालनमा आउन लागेको हो । झापा इलम र सुनसरी जील्लाका कृषकलाई लक्षित गरि मील संचालनमा आउने भएको छ ।मिलले  बर्षेनी  २०,००० हजार टन लङग्रेन चामल उत्पादन हुने संचालकले लक्ष लिएका छन् । मीलबाट प्रत्येक्षरुपमा १०० हेक्टर जगाका कृर्षकले फाईदा लिन सक्ने छन् । मिलमा बुलर कम्पनीका अत्याधुनीक प्रबिधियुक्त अटोमेटिक मेसिनहरु जडान गरीएको मिलका जेनेरल म्यानेजर बिबेकानन्द झाले जानकारी दिएका  छन् । कृषकहरुलाई सरकारले तोकेको धानको भन्दा बढी मुल्यतिरेर  खरीद गर्ने र सुलब मुल्यमा बजारमा चामल बिक्रि  गर्ने बताइएको छ । मीलमा एक महीनामा वर्षभरी पुग्ने धान सुकाउने प्रबिधि  र वर्षभरी पुग्ने चामल भण्डारण गर्ने अत्याधुनीक मेसिनहरु  जडान गरीएको छ । मील संचालनमा आउन लागे सगैं याहाँका कृषक  र स्थानीयहरु खुसी भएका छन् । कृर्षकका सहजताका लागी खेतबाटै धान मीलसम्म लाने बेवस्ता पनी मिल्लेनै गर्ने  जनाइएको छ । मीलको ९५%भन्दाबढी काम भैसकेको छ ।