काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।