इंग्लिस क्लब आर्सनलले ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई अनुबन्ध गरेको छ । आर्सनलले सोमबार जिससलाई अनुबन्ध गरिएको जनाएको छ । आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गरेको हो । २५ वर्षीय स्ट्राइकरले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२७ सम्म आर्सनलमा रहने छन् । जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने छन् ।









