मोरङको रतुवामाई नगरपालिका २ क्यापटोलामा अन्दाजी २५, ३० वर्षीय युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पुलमुनिको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान करीब ६ बजे युवतीको शव फेला परेको हो ।
स्थानीयले युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक युवतीको पहिचान हुन सकेको छैन । मृतक युवतीको कपाल छोटो काटेको, हरियो भेष्ट, कालो ट्राउजर लगाएकी तराईमुलको जस्तो देखिने प्रहरीले बताएको छ । युवतीको मानसीक अबस्ता कम्जोर रहेको हुनसक्ने आसंङका प्रहरीले गरेको छ ।
प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ भने अनुसन्धान पनि सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगिएको छ ।