ताजा अपडेट
कांग्रेस १५औँ महाधिवेशन : बेलबारी नगर उपसभापतिमा कमला श्रेष्ठको उम्मेदवारी कांग्रेस १५औँ महाधिवेशन : मोरङ–४ (क) को उपसभापतिमा लक्ष्मी नारायण चौधरीको उम्मेदवारी कांग्रेसको १५औं महाधिवेशनको नारा र लोगो सार्वजनिक दशैं–तिहारपछि बालेन सरकारको हरिविजोग हुनेगरी एमालेको नेतृत्वमा आन्दोलन हुन्छ : महेश बस्नेत केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउन प्रस्ताव प्रतिनिधिसभा बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सञ्चालन आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
समाचार

९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैयाँ उर्लाबारी नगरपालिकाको बजेट

सेयर गर्नुहोस्
alt

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैयाँकोे बजेट ल्याएको छ ।

शुक्रवार मेयर गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको आठौँ नगरसभाको दोस्रो बैठकमा उपमेयर मीना खतिवडा पौडेलले बजेट प्रस्तुत गरेकी थिइन्। उपमेयर पौडेलले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन् । जसअनुसार चालु खर्चतर्फ ४३.५८ प्रतिशत अर्थात ४३ करोड ३७ लाख ४२ हजार ९८० रुपैयाँ र पुँजीगत खर्चतर्फ ५६.४२ प्रतिशत अर्थात ५६ करोड १५ लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी गराइयो । 

आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बाँडफाँटतर्फ ११ करोड ३२ लाख ४७ हजार, संघीय सरकार वित्तीय समानीकरणतर्फ १८ करोड, वित्तीय समानीकरण प्रदेश सरकारतर्फ १ करोड ७ हजार ५ सय, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ १ करोड, सडकबोर्ड बाट प्राप्त हुने रकम ५० लाख, संघीय सरकार सशर्त अनुदान तर्फ ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ ४० लाख २० हजार, रजिष्ट्रेशन बाँडफाटबाट ५ करोड ७६ लाख ११ हजार ७ सय ७०, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, संघीय सरकार संस्थागत आन्तरिक तर्फ १ लाख ८० हजार ६ सय ८७, संघीय सरकार वन रोयल्टी २० लाख, प्रदेश सरकार समपूरक अनुदान तर्फ १ करोड, जनसहभागिता तर्फ १ करोड ५० लाख र आ.व. २०७८/०७९ को मौज्दात तर्फ ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा कुल आम्दानी ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।

यस्तै, व्ययतर्फ संघीय सरकार सशर्त अनुदान तर्फ ४० करोड १७ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, प्रदेश सरकार समपूरक अनुदान तर्फ १ करोड, प्रदेश सरकार सर्शत अनुदान तर्फ ४० लाख २० हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मत तर्फ ५० लाख, जनसहभागिता तर्फ १ करोड ५० लाख, चालू तथा प्रशासनिक खर्च तर्फ १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ १ करोड ५० लाख, भवन निर्माणतर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरु तर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।

Source:- saptakoshi online

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज