बेलबारी । बेलबारी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ  ।

शुक्रवार आयोजित नगरसभामा नगर उपप्रमुख नितु थापा कोइरालाले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको जानकारी  दिनु भयो ।

आज एघारौँ नगर सभामा उपप्रमुख थापाले बेलबारी नगरपालिकाका लागि आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

आगामी आ ब २०७९(०८० को लागि प्रस्तावित बजेट प्राप्ति स्रोतहरूमा कर दर्स्तुर शुल्क तथा राजस्व बाट प्राप्त हुने आन्तरिक आय रु १८ करोड १६ लाख अनुमान गरिएको छ भने संघिय सरकार प्रदेस सरकार र ऋण बाट रु १ अर्ब १९ करोड ३६ लाख ८ हजार ४ सय ३३ रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

आयतर्फ कर, दस्तुर, शुल्क तथा राजस्वबाट १८ करोड १६ लाख संकलन हुने अनुमान गरिएको छ । खुद आन्तरिक आय ५ करोड ३१ लाख र दायित्व सर्ने मौज्दात ४ करोड २५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । संघीय सरकार, प्रदेश सरकार र ऋणबाट १ अर्ब १९ करोड ३६ लाख ८ हजार ४ सय ३३ रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

 प्रस्तुत कुल बजेटको बिनियोजन तर्फ  प्रशासनिक र चालु कार्यक्रमका लागि रु ८४ करोड ५४ लाख २५ हजार ४ सय ३३ रुपैयाँ अर्थात् ६१ दशमलव ४७ प्रतिशत र पूँजीगत खर्चतर्फ ५२ करोड ९७ लाख ८३  हजार अर्थात   ३८ दशमलव ५२ प्रतिशत बिनियोजन भएको हो ।

बिनियोजित बजेट मध्ये सामाजिक विकास तर्फ ७१ करोड ९० लाख ८८ हजार ५ सय रुपैयाँ, आर्थिक विकास कार्यक्रम तर्फ ३ करोड ७० लाख ५३ हजार ५ सय रुपैयाँ, वन, वातावरण र विपद् व्यवस्थापन तर्फ  १ करोड ४२ लाख ५० हजार रुपैयाँ  त्यस्तै, भौतिक पूर्वाधार विकास समितितर्फ ४२ करोड २० लाख १७ हजार र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ १ करोड ८५ लाख ९९ हजार रुपैयाँ  बराबरको बजेट  विनियोजन गरिएको छ ।