• ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारले प्रस्ताबित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताका आवश्यकता र आकांक्षाहरु दिन प्रति दिन बढिरहेकोले सो आवश्यकता पुरा गर्नका लागि साधन र श्रोतको पानि त्यतिकै आवश्यकता पर्ने हुनाले कर, दस्तुर, शुल्क, जरिवाना लिइने र कर तथा गैर करको दायरालाई फराकिलो पार्दै लगिनेछ र सो रकमको जनतालाई छिटो, छरितो, व्यवस्थित र वैज्ञानिक सेवा सुविधा उपलब्ध गराइने बताएको छ।
  • त्यस्तै कृषि खेती प्रणालिको नविनतम प्रविधिमा कृषकहरुलाई ज्ञान तथा सिपको विकास कृषक स्वयंमा गर्दै लैजाने , बढ्दो कृषि खेति प्रणालिलाई एकिकृत सुधारिएको खेति प्रणालिमा विकास गर्दै लैजाने । बाँझो जग्गामा नेपाल सरकारको निति अनुरुप स्थानीय तहबाट सो जग्गालाई भरपूर प्रयोग गरी उत्पादन बढाई ताजा तथा विषादी रहिव उत्पान उपभोक्तालाई प्रदान गर्दै लैजाने प्रस्ताबमा उल्लेख छ।

    अध्यक्ष गच्छदारले सतहगत तथा भूमिगत सिचाईको सुविधा बढाई चैते धान लगायतको तरकारी बालिहरुको उत्पादन पुनह गर्दै लैजाने । बढ्दो रसायनिक मलखाद तथा विषादीको प्रयोगले देखिएको असरबाट जोगिन प्राङ्गारीक खेती प्रणालिलाई बढावा दिन प्राङ्गारीक खेतीमा आवस्यक पहल अगाडी बढाउने बताए।

    ग्रामथानले रैथाने बालिको संरक्षण तथा प्रवर्दनको कार्य निति अगाडी ल्याउने र बालि विकासका लागि आवस्यक पूर्वाधारहरुमा समेत जोड दिँदै लैजाने । बढ्दो रासायनिक मलको मागलाई सम्बन्धित निकायमा पहल गर्ने र सन्तुलित मलको प्रयोग बारे कृषक माझ चेतनाको विकास गराउने जसकारण खेतियोग्य जमिनको उर्वराशक्ति जोगाउन मद्दत पुग्ने र रोग तथा किराको प्रकोप समेत कम हुने हुँदा सो को विकास गर्दै लैजाने योजना बुनेको छ।

    gram

    कृषि यान्त्रिकीकरणलाई बढावा दिई कृषि यान्त्रिकीकरण प्रणाली खेतिलाई जोड दिदै लैजाने, बीउ उत्पादन तथा नर्सरीहरुको उत्पादनलाई अगाडी बढाउँदै लैजाने बालिको सम्भाव्यताको अध्ययन गरी सम्बन्धीत बालि वस्तुको वडागत पकेट विकासको निति लिँदै लैजाने लगायत कृषिमा कार्यक्रम ल्याइने बताए।

    गच्छदारले परमपरागत कृषि तथा पशु पालन पद्धतीलाई क्रमश व्यवसायिक उत्पादन प्रणालीको विकास गर्दै , पशुपालन व्यवसायमा देखा पर्ने आकस्मिक सरुवा र संक्रामक रोगहरुको बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उलेख गरे।

    त्यसै गरि महामारी जन्य रोगहरुको नियन्त्रणको लागि पशु/ वस्तुहरुलाई विभिन्न रोगहरु (रेविज, खोरेत, पि.पि.आर आदी) विरुद्ध खोप लगाइने, बर्षैभरी पोसिलो हरियो हिँउदे तथा वर्ष र डाले घाँस उत्पादन र आपुर्तिको व्यवस्था गरिने बताए।

    किसानहरुको स्थानीय र लोकल पशु वस्तुहरुलाई कृतिम गर्भधान (A.I) गरि नश्ल सुधारमा विकास गरिनेछ । दुध, फुल र मासु उत्पादनमा आत्मानिर्भर गराई पशु जन्य प्रोटिन उपभोगमा प्रत्येक नागरिकको पहुच पुर्याइनेछ ।पशुपंक्षी जन्य उत्पादनमा वृद्धि ल्याउन, उत्पादन लागत कम गर्न साथै यान्त्रिकिकरण गर्न किसानहरुलाई प्रोत्साहन स्वरुप म आधारमा विभिन्न लजिस्टिक सामानहरु र साना उपकरण औजारहरु उपलब्ध गराउने नीतीलाई जोड दिइने समेत गच्छदारले नीति तथा कार्यक्रममा समेटिएको छ।

    मत्स्य पालन गर्ने कृषिकहरुलाई उचित प्रविधी र स्वास्थ माछा भुराको उपलब्धतामा प्रोत्साहन गरिनेछ ।पशुपंक्षी पालक कृषकहरुलाई वर्षैभरी विभिन्न रोग तथा समस्याको समाधान औषधी उपचारका साथै आन्तरिक र बाह्य परजिवी विरुद्ध औषधिको व्यवस्था मिलाईनेछ उल्लेख गरे ।