काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि पनि उकालो लागेको छ ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
अब भने एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ र एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।खाना पकाउने ग्याँसको मूल्य नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।