मोरंग । सुन्दरदुलारी उधोग बाणिज्य संघको छैटौं साधारण सभाबाट पत्रकार एलएन गच्छदार सम्मानित भएको छ।
उनलाई कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाल उधोग बाणिज्य महासंघका काठमाडौंका उपाध्यक्ष अन्जन श्रेष्ठ र सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले संयुक्त रुपामा नगद पांच हजार सहित सम्मान पत्रले सम्मानित गरेका हुन।
सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउदै राज्यको चौथो अंग रुपमा काम गर्दै कलम, क्यामराबाट सचेत जागरुप गराउदै, आफ्नो जिवनलाई पत्रकारीता तथा संचार क्षेत्रमा समर्पित गरेकै कारणले उनलाई सम्मनित गरेको हो।

उनी बि।स २०६७ सालमा इटहरी एफएम ९२।५ मेगाहर्जमा कार्यक्रम प्रस्तोताको रुपमा संचार क्षेत्रमा प्रवेश गरेका हुन। बि।स २०७० सालमा पुर्वको उज्यालो रेडियो सारङ्गी १०१।३ मेगाहर्जमा समेत कार्यक्रम उत्पादन र संचालन गरि पुर्वकै ठूलो रेडियो स्टेशन एउटै सुने पुग्छ सप्तकोशी एफएफ ९० मेगाहर्जमा बिं।स २०७० सालमा प्रवेश गरि हाल सम्म प्रसारित बिभिन्न कार्यक्रममा प्रस्तोताको रुपमा काम गर्दै आएको छ्न।
गच्छदार आफ्नो कला, प्रतिभाका धनी मेहनति र लगनशीलताका कारण संचार क्षेत्रमा अघि बढ्ने हौसला प्राप्त गर्दै हाल कृषि टेलिभिजनमा काम गर्दै आएका छ्न।
आवाजबिहिनको आवाज बनेर हाल सम्म कलम चलाउदै आएका उनी आदिवासी जनजाति पत्रकार महसंघ फोनिज सुनसरीको जिल्ला सदस्य हुँदै हाल सह(सचिबको समेत जिम्मेवारी पाएका छन।