सप्तरी डाकनेश्वरी नगरपालिकामा निमित्तकै भरमा कार्यालय संचालन भइरहेको पाइएको छ । नगरपालिका गठन भएपछि सुरुका केहिवर्ष प्रमुख प्रशासकीय अधिकृत आएपनि त्यहाँका स्थानीय कर्मचारीले धेरै दिन टिक्न दिएन । नगरपालिकामा आठौं तहको कर्मचारी दरबन्दी रहेपनि केही अधिकृतलाई असहयोग गरेपछि धेरै दिन टिक्न पाएनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरालाई कर्मचारीको असहयोगले उनी सरुवा लिएर गए । त्यसपछि प्रमुख प्रशासकीय प्रमुखमा भेटेनरी बिभागका सातौ तहका कर्मचारी राम किसुन यादव निम्तिमा आए । स्थानीय निकायको चुनावको बेला निमित्तमा आएपछि उनी अहिले नगरपालिका चलाउदै छन् । निमित्तको अहंकार डाकनेश्वरी नगरपालिकामा निमित्त प्रमुखको जिम्मेवारी पाएपछि रामकिसुन यादवले हतपत स्थानीय नगरबाँसिलाई टेरदैन उनलाई कसैले गुनासो गरे उनी प्रस्टरुपमा जवाफ दिनछ हाम्रो नगरपालिकामा कुलबजेटमा ७ करोड कम आएको छ , हामीले काम गरिदा तपाईंहरु केही रकम नदिएको खण्डमा हामीले घाटा बजेट कहाँबाट मयानेज गरिने हो उनी तर्क गर्छन ।

286851004_718669025849351_478571107256681323_n