भरतपुर महानगरपालिका –२७ बस्ने रेखा बस्नेत स्थानिय राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्ने क्रममा बिहिबार बिहान करिब ७ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय चितवानले जानकारी दिएको छ।

चितवान राष्ट्रिय निकुञ्ज लगायतका आसपासका वनमा जनवारबाट आक्रमण हुने घटना बढ्न थालेको छ । 

बस्नेत सहित १० जना समुह निउरो टिप्न गएकोमा बस्नेतलाई मात्र बाघले आक्रमण गरि जंगलतर्फ लगेको हो । उनको अवस्था अज्ञात रहेको चितवानका प्रहरी प्रवक्ता रविन विष्टले बताए।  

बस्नेतको खोजी कार्यका लागि हात्तीका साथै नेपाल सेनाका टोली , ईलाका प्रहरी कार्यलय दिब्यनगर लगायतका टोली खटिएको बिष्टले जानकारी दिए।