मोरङको सुन्दरहरैचा नगरपालिका–६ शिवालय टोलकी एक महिला बुधबार आफ्नै घरभित्र मृत फेला परेकी छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ४५ वर्षीया काली दर्जी घरभित्र घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको जानकारी दिए । 

दर्जी दम्पतीका ३ जना छोरी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट  छोरीहरुको बिहे भईसकेपछि पति–पत्नी मात्रै घरमा बस्दै आएका र मंगलबार छोरी घर गएका किशोर   बुधबार बिहान ११ बजेतिर आफ्नो घर फर्किदा किशोरले पत्नीलाई मृत अवस्थामा भेटेको खुलेको छ । घरमा आइपुगेर हेर्दा सुतेकै ओछ्यानमा पत्नीको शव देखेपछि उनैले प्रहरीलाई खबर गरेका हुन् । 

श्रेष्ठका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान लगेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान भईरहेको बताए ।