सप्तरी टिन्कु कुमार 

सप्तरी   ।  सप्तरी डाक्नेशवरी नगरपालिका राजनीति दलकाे भर्तिकेन्द्र बनेकाे छ । नगरपालिकामा दरवनदि कायम रहेपनि स्थाइ कर्मचारी राखन मानेन

 त्यसको जवल्नत उदाहरण हाे स्वास्थ्य शाखामा कार्यरत कर्मचारी अमेन्द्र साह ।

  • अघिल्लो स्थानीय सरकारले गरेकाे निर्णय वर्तमान सरकारले हाजिरी नगराउँदा उनी समस्यामा परेकाे हाे । तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा र नगर प्रमुख शिवनारायण साहले नगरपालिकावाट सहमति दिएकाे थियाे । नगरपालिकाले २०७८ /८/२४ मा सहमति दिएकाे पात्र मन्त्रालयमा पठाएको थियाे , नगरपालिकावाट सहमति पत्र दिएपछि उनी रमाना लिएर हाजिरी गराएपाँउ भनेर निवेदन दिए । डाकनेश्वरी नगरपालिकामा निवेदन सहित,रमान,सहमति र स्वास्थ्य मन्त्रालयकाे पत्र लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बिलास यादवले २०७९ जेठ ९ गते स्वास्थ्य शाखा संयाेजक शिवनारायण रायलाई दरवन्दि हेरेर राखन ताेक लगाए तर नवनिर्वाचित नगर प्रमुख रामलखन मलाहले अघिल्लो सरकारको कुनैपनि निर्णय यहाँ कार्वनयन नहुने बताएपछि उनी आसचयमा परे । हाम्रो नगरपालिकामा ९ जनाकाे दरवन्दि छ ,थप एक जना राखदा कहाँबाट तलव खुवाउने उनले भने । बरु थप कर्मचारी राखनै परे हामीले करारमा राखछाै तर अघिल्लो सरकारकाे पालामा राखिएको करार वा स्थाइ कर्मचारीलाई दिएको सहमति हामीले कार्यान्वयन गर्दैनौं उनले प्रतिक्रिया दिए । received_1072232870338713

   यता हाजिर हुन आएका कर्मचारी अमेन्द्र साहले आफुसँग ५० हजार घुस दिनेभए हाजिर गराइदिने निमित्त प्रमुख प्रशासकीय प्रमुख  राम किसुन यादव र स्वास्थ संयाेजक शिव शंकर ठाकुर स्वास्थ्य संयोजकले मागेकाे आराेप लगाए । उनले भने म जेठ ९ गते हाजिर गरि पाँउ भनेर निवेदन दिए तर हाकिम सरले जेठ २६ गते भेटन आउदा हाकाहाकी नगरपालिकामा ५० हजार बुझाउने भए राखिने अन्यथा फिर्ता पठाउने बताएपछि उनी छक्क परे । लाेकसेवावाट स्थाए भएर आएकाे कर्मचारी यदि स्थानीय निकायमा घुसबिना हाजिर नहुने नपाउने रहेछ भने यहाँ घुस कतिसम्म हुदा रहेछ तपाईं स्वेम अनुमान लगाउन सक्नुहुनेछ । म कुनै पनि हालतमा नगरपालिकामा रकम जम्मा नगरिने प्रतिक्रिया दिएपछि जेठ २९ मा समवन्धित मन्त्रालय फिर्ता पठाएकाे पत्र आफुलाइ दिएको जानकारी दिए । 

   यता निमित प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले हामीले कसैसँग घुस नमागेकाे तर समबन्धित कर्मचारीकाे स्वागतसतकार गर्न लागने खर्च मागेकाे प्रतिक्रिया दिए ।