विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन छन्। वेपत्ता हुनेमा हाम्रो देशको छिमेकी राष्ट्र भारतका ३१ वर्षीय पुरुष नागरिक सिरनाथ चन्द्र मोहोन र कोरियन ५० वर्षीया महिला नागरिक योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गाईड बिना गत जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन नसकेको कुरा प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताउनु भयो । कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको र  भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दुतवासबाट टेलिफोन आएको प्रहरीले जनाएको छ।

खुम्बु घुम्न आएका पर्यटकको खोजीका लागि सकृय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ।