२८ जेठ, काठमाडौं । नुवाकोटको ककनीमा गाउँपालिकामा एक व्यक्ति विजुली प्रशारण लाइनको खम्बामा  चढेपछि  साना जलविद्युत आयोजनाको उत्पादनमा र माथिल्लो त्रिशुली थ्री ए बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा  बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।


प्रहरीका अनुसार उनी प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार, उनी ५÷६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको र अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन  गर्ने कार्य बन्द गर्नुको साथै ६०÷६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको कुरा उहाँले बताउनुभो ।


स्थानीयको अनुसार, माइला बि.क मानसिक रोगी रहेको कुरा बताउनु भयो। प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले फेरि माथि नै चढेका छन्,  उहाँलाई सकुशल उतार्न प्रहरीको स्थानीय युनिट र स्थानीय वासिन्दा लागिरहेका  छन्।