टिँकु कुमार साह राजबिराज 

सप्तरीको बाेदेबर्साईन

नगरकार्यपालिका निर्वाचनमा ८ वटै पदमा नेकपा एमाले, काङ्ग्रेस ,लोसपा र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएपछि जसपा  अल्पमतमा परेको छ ।  


बोदे बर्साईन नगरपालिकाको कार्यपालिकाको निर्वाचनबाट ३ जना दलित वा अल्पसंख्यक सदस्य र ५ जना महिला सदस्यहरू गरी ८ पदका लागि चुनाव हुँदा गठबन्धनका उम्मेदवार बिजयी भएकोछ । 


 गठबन्धनको तर्फबाट काङ्ग्रेस बाट महिला सदस्यमा पुनिता देवी यादव, रेखा कुमारी सदा,आरती कुमारी दास , लोसपाबाट लक्ष्मी देवी सदा, रिता कुमारी चौधरी  विजयी भएकी छिन् । यस्तै दलित वा अल्पसंख्यक सदस्यमा एमालेबाट लटी दास , काङ्ग्रेसका राजेन्द्र साफी  र माओवादी केन्द्रबाट उतिम लाल मण्डल   विजयी भएका छन् ।received_1176062323191996


गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १० वटा वडा रहेको बोदे बर्साईनमा जसपाले नगर प्रमुख उपप्रमुख ३ वटा वडा अध्यक्षसहित २० पदमा निर्बाचित भएको थियो । यसैगरी काङ्ग्रेस ३ वटा वडा अध्यक्षसहित १८, एमाले २ वटा वडा अध्यक्ष सहित ६ पदमा  लोसपाबाट १ वटा वडा अध्यक्ष सहित ६ पदमा  भने नेकपा माओवादी केन्द्रले एक वडा अध्यक्ष १ सदस्य निर्वाचनमा जित हाँसिल गरेको थियो । जसमा लोसपा बाट वडा नम्बर - ६ मा जितेका वडा अध्यक्ष , सदस्य पार्टीले गरेको गठवन्धन विपरीत जसपामा मतदान गरेकोले छिट्टै नै पार्टीले स्पष्टीकरण सोधी कार्वाही प्रक्रिया अगाडी बढाउने एक लोसपा नेताले बताए । 


 नगरप्रमुख १ उपप्रमुख ३ जना वडा अध्यक्ष गरी जसपा बाट ५, काङ्ग्रेस बाट ७ जना, एमालेबाट ३ जना, लोसपाबाट ३ जना र मावादी केन्द्रबाट २ जानले प्रतिनिधित्व गर्ने भएको छ । 


नगरकार्यपालिकाको निर्वाचनसँगै  नगरपालिकामा २० जनाको नगरकार्यपालिका गठन भएको छ ।

 बोदे बर्साईन नगरपालिकाको नगरकार्यपालिकामा जसपा अल्पमतमा परेका छन् । प्रमुख–उपप्रमुखसहित सत्ताको नेतृत्व गरेका जसपा आईतवार  सम्पन्न नगरकार्यपालिकाको निर्वाचनमा पराजित भएपछि अल्पमतमा परेका हुन् ।received_542006294125516