मोरङ । मोरङको कटहरी गाउँपालिका(७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ ।स्थानिय ३९ बर्षीय जोगलाल सरदार हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका का थिए । पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लाने तयारी गर्दा घरमै मृत्यु भएको हो ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।