टिँकु कुमार साह सप्तरी
डाक्नेश्वरी नगरपालिका वडा न ९ मा निर्वाचित अध्यक्ष सहित सदस्यहरुले शुक्रबार एक कार्यक्रम बिच पदभार ग्रहण गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा दोस्रो पटक अध्यक्षमा निर्वाचित करणदेव चौधरी सहित सदस्यलाई नवनिर्वाचित डाक्नेश्वरी नगरपालिकाका मेयर र उपमेयरले पदभार ग्रहण गराइएको हो । पदभार कार्यक्रममा मेयर रामलखन मुखियाले जनताको काममा ढिलासुस्ती गुनासो सुन्न नपरोस । वडामा जुनसुकै पार्टीवाट निर्वाचित भएपनि अब हामीले ५ वर्षका लागि न कुनै दल न कुनै पार्टी हाम्रो नजरमा सबै बराबरको भावनाले जनताको कदर गर्न पदाधिकारीलाई आग्रह गरे । यसैगरी उपमेयर मिरा कुमारी यादवले पार्टी भन्दा माथि जनता हो , जनताको सेवामा कुनै तलमाथि नगर्न ध्यानाकर्षण गराए । हामी जनताका सेवक हौ , अबको ५ वर्ष १० वटा वडामा कहाँ बिकासका कडि छुटयो , शिक्षा , स्वास्थ्य , महिलाहिंसा ,कृषिको सहित सम्रग बिकासमा ध्यान दिनेछौं । जनताको जनभावना बुझन एक महिना एक वडा जाने जानकारी गराए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डाक्नेश्वरी नगरपालिका वडा न ९ मा नेकपा एमालेबाट उक्त वडा प्यान्ल सहित जितेका थिए ।