चतरा ।  वराहक्षेत्र नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयले शनिवार नगर कार्यपालिका सदस्य पदकालागि निर्वाचनको मिति तय गरेको छ । 

बुधवारबाट निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो। बुधवार मतदाता नामावली प्रकाशन गरेको निर्वाचन कार्यालयले बिहीबार उम्मेदवारी दर्ता गराएको थियो ।

निर्वाचित महिला, बाहिरबाट दलित वा अल्पसंङख्यवाट ३  जना र दलित वडा सदस्यहरूबाट ५ जना सहित ८ जना सदस्यकालागी १४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलहरूले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा एमाले पनि उम्मेदवार दर्ता गरेको छ ।

मेयर, उपमेयर र ११ जना वडाध्यक्ष सहित ५७ सदस्य मतदाता रहेको वराहक्षेत्र नगरपालिकामा २४ जना नेकपा एमालेका र गठबन्धनसँग ३३ जना सदस्य रहेका छन् ।

गठबन्धनको स्पष्ट बहुमत रहेको नगरपालिकामा दलित वा अल्पसंङख्यमा गठबन्धनबाट नेपाली काँग्रेसले पङ्कज महतो, माओवादी केन्द्रमा रत्न रम्तेल र नेकपा एकीकृत समाजबादिबाट सुस्मा माझिले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट दिपनारायण उराँऊ र शान गजमेर उम्मेदवार बनेका छन् । त्यस्तै वडा सदस्यहरूबाट नगर कार्यपालिका सदस्यमा गठबन्धनबाट दुर्गा राई, नबिना बिक, भगवती कटुवाल (खड्का), मालती विश्वकर्मा र बिष्णुमारी विष्ट उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट अमिना राई, पलटी धामी, मेनुका लिम्बू र सृजना परियारले उम्मेदवारी दर्ता गराएका छन्।