१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय व्ययको विवरण प्रस्तुत गर्ने छन् । नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संविधानमै जेठ १५ मा व्यवस्था छ ।
ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी(व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब (भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको स्रोतले बतायो । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक(दुई वर्ष घट्न सक्छ ।’
यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ ।